प्रज्ञान सेक्युरिटिज छानबिनको दायरामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रज्ञान सेक्युरिटिज छानबिनको दायरामा



काठमाडाै ८ जेठ ।  प्रज्ञान सेक्युरिटिज प्रालिलाई कारोबारमा रोक  लगाइएको छ । सेक्युरिटिजलाई  विराटनगर स्थित कार्यालयबाट सिभिल बैंकले जारी गर्न लागेको हकप्रद सेयरको सम्वन्धमा सार्वजनिक नभएको सूचना केही व्यक्तिहरुलाई दिएको सुचना प्राप्त भएकोले यस सम्बन्धमा वोर्डले आवश्यक छानविन कार्य अगाडि वढाएको हो  ।

साथै उक्त छानबिन कार्य सम्पन्न नभइन्जेलसम्मको लागि प्रज्ञान सेक्युरिटिजलाई सोमबारदेखि निलम्बन गरी धितोपत्र कारोवार गर्न रोक लगाइएको छ ।

प्रकाशित : ८ जेष्ठ २०७४, सोमबार ०५:२९