पाटन उच्च अदालतको फैसला पछि एनएलजीका सिइओ साहले दिए राजिनामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

कर्पोरेट

पाटन उच्च अदालतको फैसला पछि एनएलजीका सिइओ साहले दिए राजिनामा



काठमाडौं ७ बैशाख । पाटन उच्च अदालतको फैसलापछि विजयवहादुर साहले राजिनामा दिएका छन । बीमा समितिको प्रमुख कार्यकारीले दुई कार्यकालसम्म मात्र जागिर खान पाउने व्यवस्था बिरुद्ध साह अदालत गएका थिए। साह नियामक निकाय बीमा समितिलाई विपक्ष बनाएर अदातल भएका थिए। उनलाई पाटन उच्च अदालतले हराइ दिएको थियो। मुद्दा हारेपछि उनले कम्पनीबाट राजिनामा दिएका हुँन ।

यस्तै एनएलजी इन्स्योरेन्स कम्पनीको कामु प्रमुख कार्यकारी अधिकृतमा सुनिल वल्लव पन्त नियुक्त भएका छन्। उनी कम्पनीको डेपुटी महाप्रबन्धक थिए। दुई कार्यकाल पुरा भएकाले तेस्रो कार्यकाल निरन्तरता नदिन समितिले कम्पनीलाई निर्देशन दिएको थियो।

समीतिको निर्देशन कानुन बिपरित भएको भन्दै शाह अदालत पुगे। अदालतले अन्तरिम आदेश दिएपछि उनको जागिरले निरन्तरता पायो। गत साता अन्तिम फैसला गर्दै अदालतले साहलाई हराइ दिएको थियो।

प्रकाशित : 21 May, 2017 6:59 am