शिवश्री हाइड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद असोज २३ सम्म लम्ब्याइयो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

शिवश्री हाइड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद असोज २३ सम्म लम्ब्याइयो



काठमाडौं । शिवश्री हाइड्रोपावरले जारी गरेको १ः१ अनुपातको हकप्रद शेयर खरिदको आवेदन म्याद असोज ८ गतेबाट बढाएर असोज २३ गतेसम्म पुर्याइएको छ। कम्पनीले हालको चुक्तापूँजी १ अर्ब ४७ करोड ६४ लाख बराबरको १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर.१०० रुपैयाँ अंकित दरमा जारी गरेको हो।

साउन १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनी मात्र आवेदन दिन योग्य हुनेछन्। आवेदन सिटिजन्स क्यापिटल, सिटिजन्स बैंकका शाखा, सहभागी बैंक तथा वित्तीय संस्थाहरूको सि–आस्बा सेवा र ‘मेरो शेयर’ मार्फत दिन सकिनेछ। हकप्रद निष्कासन र बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित : 24 September, 2025 11:50 am