मञ्जुश्री फाइनान्सकाे १५ प्रतिशत लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मञ्जुश्री फाइनान्सकाे १५ प्रतिशत लाभांश घोषणा



काठमाडौं । मञ्जुश्री फाइनान्स लिमीटेडले १५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । मंगलबार बसेको फाइनान्सको सञ्चालक समितिको ३१० औं बैठकले १५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।

सञ्चालक समितिका अनुसार आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफा र आ व २०८१/८२ को वित्तीय विवरण प्रतिवेदनको आधारमा संस्थाका शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय भएको हो ।

हाल यो कम्पनीको चुक्तापूँजी १ अर्ब ३५ करोड १५ लाख रुपैयाँ रहेको छ । यसैको १५ प्रतिशतले हुन आउने रकम लाभांशको रुपमा बाँड्ने निर्णय भएको हो । यो निर्णय नेपाल राष्ट्रबैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

प्रकाशित : 24 September, 2025 8:19 am