बक्यौता संकलनदेखि अविच्छिन्न आपूर्तिसम्म : सिलवालका प्रारम्भिक योजनाहरू सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

बक्यौता संकलनदेखि अविच्छिन्न आपूर्तिसम्म : सिलवालका प्रारम्भिक योजनाहरू सार्वजनिक



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नयाँ कार्यकारी निर्देशक मनोज सिलवालले सोमबारदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हालेका छन्। पदभार ग्रहण गरेसँगै उनले प्राधिकरणको सुधार र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले दुई महत्वपूर्ण निर्णय गरेका छन्।

सिलवालले ठूलो बजेटका आयोजना तथा कामहरूमा पारदर्शिता कायम गर्न प्रतिस्पर्धापछि नापजाँच गर्ने विशेष समिति गठन गर्ने घोषणा गरेका छन्। साथै, उच्च तहका कर्मचारीहरूको सरुवा प्रक्रियामा सुधार गर्दै कार्यकारी निर्देशकलाई थप अधिकार दिने व्यवस्था अघि बढाइने उनले जानकारी दिए।

उनका अनुसार दशैं–तिहारका समयमा नियमित र अविच्छिन्न विद्युत आपूर्ति सुनिश्चित गर्नु पहिलो प्राथमिकता हुनेछ। उद्योग क्षेत्रबाट विद्युत बक्यौता उठाउने कामलाई तीव्रता दिने र डेडिकेटेड तथा ट्रंक लाइनका भुक्तानी प्रक्रियाको पुनरावलोकन गर्ने उनले प्रतिबद्धता जनाए।

सिलवालले चाडपर्व सकिएपछि प्राधिकरणको आन्तरिक सुधार, सेवा गुणस्तर वृद्धि र वित्तीय स्थिरताका लागि नयाँ रणनीतिहरू लागू गरिने समेत बताए।

प्रकाशित : 23 September, 2025 4:59 pm