गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न मिल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न मिल्ने



काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले केही संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको कुल २ लाख १२ हजार ८३४.६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । यसअघि बैंकका विद्यमान संस्थापक सेयरधनीका लागि उक्त सेयर बिक्रीमा राखिएको थियो । तर विद्यमान संस्थापकहरबाट केही कित्ता सेयर खरिदका लागि आवेदन प्राप्त भएकाले बिक्री हुन बाँकी सेयर आम सर्वसाधारणका लागि बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

यसर्थ सेयर खरिद गर्न इ्रच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवश्यक कागजातसहित काठमाण्डौको लाजिम्पाटमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ। यसरी आवेदन दिदा आफूले खरिद गर्न चाहेको सेयरको व्यहोरा खुलाउनु पर्नेछ ।

प्रकाशित : 19 September, 2025 11:54 am