शोधानान्तर स्थिति ११८.३४ प्रतिशतले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शोधानान्तर स्थिति ११८.३४ प्रतिशतले वृद्धि



काठमाडौं । चालु आवको पहिलो महिनामा शोधानान्तर स्थिति ८९ अर्ब भन्दा बढी बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन महिनामा शोधानान्तर स्थिति ८९ अर्ब ३० करोड रुपैयाँले बचतमा रहेको हो।

गत आवको सोही अवधिमा शोधनान्तर स्थिति ४० अर्ब ९० करोड रुपैयाँले बचतमा रहेको थियो । यसर्थमा शोधानान्तर स्थिति ११८.३४ प्रतिशतले वृद्धि भएको छ ।

सो अवधिमा खुद पुँजीगत ट्रान्सफर १ अर्ब ४ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा ६९ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ८० करोड रहेको थियो ।

त्यस्तै, साउन महिनामा चालु खाता ७८ अर्ब १४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३३ अर्ब ८ करोडले बचतमा रहेको थियो ।

प्रकाशित : 15 September, 2025 7:22 pm