पोखरा । विषम परिस्थितिमा घटेका विभिन्न दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै महालक्ष्मी विकास बैंकले दिवंगत आत्माको चिर शान्तिको कामना गरेको छ। बैंकले शोकसन्तप्त परिवारजनलाई धैर्यधारण गर्न सक्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दै, उपचाररत घाइते व्यक्तिहरुको शीघ्र स्वास्थ्य लाभको पनि कामना गरेको जनाएको छ।
बैंकले सरकारी, सार्वजानिक र निजी सम्पत्तिमा भएको क्षति प्रति गहिरो पीडा व्यक्त गरेको छ। साथै, हालको सरकार गठन प्रक्रिया चाँडै टुंगिने र यसले मुलुकको असामान्य अवस्था सामान्य बनाउँदै शान्ति, सुशासन, निष्पक्ष व्यवसायिक वातावरण, आर्थिक स्थायीत्व र सुरक्षाको प्रत्याभूती दिने विश्वास व्यक्त गरेको छ।
यस बैंकको लेकसाइड पोखरा शाखा पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। यस शाखाबाट प्रदान हुने बैकिङ्ग सेवा हाल नजिकका अन्य शाखा कार्यालयमार्फत उपलब्ध हुने जानकारी बैंकले दिएको छ।
लेकसाइड शाखा बाहेक अन्य १०२ शाखा कार्यालयहरु पूर्ण रुपमा सेवा सञ्चालनमा आईसकेको छ भने, बैंकका सम्पूर्ण डिजिटल सेवा पनि सुरक्षित रुपमा सञ्चालन भईरहेको बैंकले जनाएको छ ।





Comment