नेतृत्वप्रति असन्तुष्ट सुमना श्रेष्ठले छाडिन् रास्वपा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

नेतृत्वप्रति असन्तुष्ट सुमना श्रेष्ठले छाडिन् रास्वपा



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की नेता तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन्।

श्रेष्ठले सामाजिक सञ्जालमार्फत् जानकारी दिँदै पार्टी नेतृत्वको निरन्तर गल्ती र त्यसप्रति कुनै आत्मस्वीकारोक्ति नदेखिएकाले आफूलाई त्यस्तो संस्कार स्वीकार्य नभएको स्पष्ट पारेकी छन्।

उनले भनिन्, “गल्तीको थुप्रो लगाउँदै जानु र त्यसको बोझ सबै सदस्यलाई बोकाउन खोज्नु उचित होइन। आलोचना गर्नेहरूलाई मिडिया ट्रायलमार्फत दबाउने प्रवृत्ति बढ्दै गएको छ।”

श्रेष्ठका अनुसार, पार्टीले संस्थाभन्दा पनि शीर्ष नेताको रक्षा र प्रवर्द्धनलाई प्राथमिकता दिन थालेपछि आफू असहज हुँदै आएकी थिइन्। उनले टिप्पणी गरिन्, “देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्ने प्रवृत्ति सुरु भएको क्षणदेखि नै मैले विरोध जनाउँदै आएकी हुँ।”

अन्ततः रास्वपाबाट राजीनामा दिँदै उनले खुला रूपमा असहमति प्रकट गर्न सहज हुने वातावरण आफैंले बनाइदिएको समेत उल्लेख गरेकी छन्।

प्रकाशित : 14 September, 2025 1:02 pm