काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई भौतिक रूपमा उपस्थित भई कार्यालय सञ्चालन गर्न निर्देशन दिएको छ। प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै देशको अवस्था सामान्य बन्दै गएको र सुरक्षा निकायहरूले कर्फ्यू तथा निषेधाज्ञा खुकुलो पार्दै लगेकाले अब सम्पूर्ण बीमा कम्पनी तथा शाखा कार्यालयहरूलाई नियमित रूपमा सञ्चालनमा ल्याउन अनुरोध गरेको हो।
देशमा जेनजी आन्दोलनका कारण बीमा कम्पनीहरू बन्द अवस्थामा रहेका थिए र अधिकांश कर्मचारी घरमै बसेर काम गरिरहेका थिए। तर अहिले सहज वातावरण बनेसँगै बीमा प्राधिकरणले सबै कर्मचारीलाई कार्यालयमा उपस्थित भई कार्य गर्न निर्देशन दिएको छ।
‘विगत केही दिनदेखि उत्पन्न विषम परिस्थिति हाल सामान्य बन्दै गएको छ। सम्पूर्ण बीमा कम्पनी तथा शाखा कार्यालयहरू आइतबारदेखि पूर्ण रूपमा सञ्चालन गर्न र कर्मचारीहरूलाई कार्यालयमै उपस्थित गराउन अनुरोध गरिएको छ,’ प्राधिकरणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।





Comment