काठमाडौंमा दिउँसो कर्फ्यु हटाइयो, बेलुकी ७ बजेदेखि पुनः लागू हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

काठमाडौंमा दिउँसो कर्फ्यु हटाइयो, बेलुकी ७ बजेदेखि पुनः लागू हुने



काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकामा दिउँसोको समयमा लागू भइरहेको कर्फ्यु हटाएको छ। सेनाले जारी गरेको सूचनाअनुसार आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मात्र निषेधाज्ञा जारी हुनेछ। त्यसपछि बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म पुनः कर्फ्यु लागू गरिनेछ।

भदौ २३ गते जेनजी युवाहरूले भ्रष्टाचारविरुद्ध र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धविरुद्ध प्रदर्शन गर्दा हिंसात्मक घटना भएपछि सेनाले भदौ २४ गते राति १० बजेदेखि देशव्यापी सुरक्षा नियन्त्रण सम्हालेको थियो। सुरुवाती चरणमा देशभर लागू गरिएको कर्फ्यु अहिले काठमाडौं उपत्यकामा मात्र सीमित गरिएको छ।

उपत्यकाबाहिरका केही जिल्लामा भने जिल्ला प्रशासन कार्यालयमार्फत कर्फ्यु र निषेधाज्ञा जारी भइरहेका छन्।
निषेधाज्ञा खुकुलो बनाएपछि आज बिहानदेखि काठमाडौं उपत्यकाको जनजीवन सामान्यतर्फ फर्किएको छ। सडकमा सवारी साधनको चाप अघिल्लो दिनको तुलनामा धेरै देखिएको छ।

सरल भाषामा, निषेधाज्ञा भीडभाड र ठूलो जमघट रोक्न लागू गरिने आदेश हो भने कर्फ्यु सम्पूर्ण आवतजावत र हिँडडुल पूर्ण रूपमा बन्द गर्ने कडा सुरक्षा व्यवस्था हो।

प्रकाशित : 12 September, 2025 8:13 am