जेनजीहरुबीच नै एकआपसमा लफडा, कुटपिटमै उत्रिए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

जेनजीहरुबीच नै एकआपसमा लफडा, कुटपिटमै उत्रिए



काठमाडौं । सामाजिक सञ्जालमा जेनजीका अलग–अलग समूहहरु देखिदा उनीहरुबीच नै लफडा भइरहेको छ । बिहीबार सैनिक मुख्यालयमा जम्मा भएका युवाहरूबीच नै एकआपसमा झडप भएको छ ।

अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिने विषयमा समूह नै पिछ्छे् छुट्टाछुट्टै नाम अघि सारेपछि उनीहरूबीच नै विवाद भएको हो ।

अघि सारेको नाममा हर्क साम्पाङ, सुशीला कार्की, कुलमान घिसिङ, बालेन साह आदीको नाम छ । कसैले सुशीला, कसैले कुलमान, कसैले हर्क साम्पाङ त कसैले बालेनको नाम लिँदा मनमुटाब सुरु भएको हो । मनमुटावपछि सडकमै कुटाकुट भएको थियो ।

प्रकाशित : 11 September, 2025 4:13 pm