जेन–जी पुस्ताको प्रदर्शनमा आठ जनाको मृत्यु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

जेन–जी पुस्ताको प्रदर्शनमा आठ जनाको मृत्यु




काठमाडौं ।  जेन–जी पुस्ताको प्रदर्शनमा आठ जनाको मृत्यु भएको छ । 


काठमाडौंको माइतीघरबाट प्रारम्भ भएको प्रदर्शनको क्रममा प्रहरीसंग मुठभेड हुँदा तीन जना प्रदर्शनकारीको दुखद निधन भएको छ । आन्दोलन नियन्त्रणका लागि प्रहरीले गोली चलाउँदा उनीहरूको निधन भएको हो ।


प्रहरीका अनुसार मिनभवनस्थित सिभिल अस्पतालमा उपचाररत दुई घाइतेको मृत्यु भएको पुष्टि भएको छ भने संसद् भवनको गेटमा गोली लागेर ढलेका एक प्रदर्शनकारीको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।


उता, ट्रमा सेन्टरमा उपचाररत थप ५  आन्दोलनकारीको मृत्यु भएको दाबी गरिएको छ । प्रदर्शनका क्रममा घाइते भएका प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ ।

प्रकाशित : 8 September, 2025 3:27 pm