काठमाडौँ । एनएमबि बैंकले आफ्ना ग्राहकहरू तथा कर्मचारीहरूका लागि विशेष सुविधा प्रदान गर्नका लागि बेस्ट वेस्टर्न प्लस काठमाडौँ होटलसँग साझेदारी गरेको छ ।
उक्त साझेदारी मार्फत, एनएमबि बैंकका कार्डवाहकहरूले बेस्ट वेस्टर्न प्लस काठमाडौँ होटलमा कोठा बुकिङ गर्दा २० प्रतिशत छुट पाउनुहुनेछ, जसले बैंकका आफ्ना ग्राहकहरू तथा कर्मचारीहरूको बसाइ अझ किफायती र सहज हुनेछ ।
साथै, बैंकका आफ्ना ग्राहकहरू तथा कर्मचारीहरूले होटलका प्रख्यात रेस्टुरेन्टहरू, सनराइज क्याफे र ला भिस्टा रूफटप क्याफेमा खानामा, बेकरीका सबै सामानमा तथा होटलको स्विमिङ पल प्रयोगमा १० प्रतिशत छुट पनि प्राप्त गर्नुहुनेछ ।
एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरू, १८७ एटिएमहरू र ९ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।





Comment