नियम पालना गर्ने प्रतिबद्धता पछि अपर स्याङ्गे हाईड्रोपावरको कारोबार फुकुवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नियम पालना गर्ने प्रतिबद्धता पछि अपर स्याङ्गे हाईड्रोपावरको कारोबार फुकुवा



काठमाडौं । अपर स्याङ्गे हाईड्रोपावर कम्पनी लिमिटेडको धितोपत्र कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्जले भदौ १७ गतेको निर्णयानुसार कम्पनीको धितोपत्र कारोबार फुकुवा गरेको हो ।

कम्पनीले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) मा भएको व्यवस्था पालना नगरेकोले नेप्सेद्वारा सो कम्पनीको धितोपत्र कारोबार गत भदौ १६ गते स्थगन गरिएको थियो ।

कम्पनीको भदौ ११ गते सञ्चालक समितिको बैठक बसी बार्षिक साधारण सभा सम्बन्धी निर्णय गरेको तर सोको जानकारी नेप्सेमा भदौ १६ गते प्राप्त भएकाले धितोपत्र कारोबार स्थगन गरिएको थियो। धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा (नट्स मार्फत) पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।

कम्पनीले भदौ १७ गते नेप्सेबाट जारी गरिएका प्रचलित कानुनको परिपालना गर्ने प्रतिबद्धता सहित धितोपत्रको कारोवार फुकुवा गरिदिन अनुरोध गरेको थियो ।

प्रकाशित : 3 September, 2025 11:04 am