सागर डिष्टिलरीले भदौ २५ देखि आईपीओ निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सागर डिष्टिलरीले भदौ २५ देखि आईपीओ निष्कासन गर्ने



काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले आगामी भदौ २५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ११ लाख ९० हजार ६४० कित्ता शेयर जारी गर्दै ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको पूँजी संकलन गर्नेछ ।

यस आईपीओमा सामूहिक लगानी कोषका लागि ७२ हजार ६०० कित्ता र कम्पनीका कर्मचारीका लागि ४३ हजार ५६० कित्ता शेयर छुट्याइएको छ । बाँकी शेयर सर्वसाधारणका लागि खुला हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुको शाखा कार्यालयमार्फत तथा ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत गर्न सकिनेछ । मुक्तिनाथ क्यापिटल लिमिटेडले यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लिएको छ । आईपीओ निष्कासन छिट्टोमा भदौ २९ गते र ढिलोमा असोज ३ गते बन्द हुने जनाएको छ ।

यसअघि कम्पनीले पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरेको थियो

प्रकाशित : 2 September, 2025 12:17 pm