केएल दुगडले ल्यायो मकैको आटा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

Feature News

केएल दुगडले ल्यायो मकैको आटा



काठमाडौं, २ जेठ। ज्ञान चक्की आटाको उत्पादक केएल दुगड ग्रुपले  मेज आटा (मकैको), च्याँख्ला तथा लिटो बजारमा ल्याएको छ। यी उत्पादनहरु मुख्य डिपार्टमेन्ट स्टोरहरुका साथसाथै स्थानीय पसलहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

आटा र लिटो पाँच र दुई केजीको प्याकमा उपलब्ध हुन्छ। ज्ञान मेज आटामा पहेँलो र सेतो मकैको दाना प्रयोग गरिएको छ। उच्च कोटिको उत्पादन यूनिटमा प्रोसेसिङ् गरेर तयार पारिएको कम्पनीले विज्ञप्तिमा उल्लेख छ। मेज आटा फाइबर तथा प्रोटिनले भरिपुर्ण भएको दावी कम्पनीको छ।
यसमा न्यून फ्याट तथा सोडियम छ भने सलुटोन रत्तिभर पनि हुँदैन। चामल र गहुँको पिठोपछि सबैभन्दा धेरै उपभोग गरिने मेज आटा तेस्रो नम्बरको खाद्यान्न हो।
कम्पनीले मेज ग्रिट अर्थात च्याँख्यालासमेत ल्याएको छ। फ्याट, सोडियम, सलुटोन रहित च्याँख्लामा पाच्य फाइबर धेरै हुन्छ। ज्ञान मेज ग्रिट स्वादिलो खाजाको रुपमा प्रयोग गर्न सकिन्छ। प्रिमियम लिटो ठोस सुदृढ पदार्थको रुपमा पहिले नै पकाईएको गहुँ, चामल, भटमासको समिश्रणबाट उत्पादन गरिएको कम्पनीले जनाएको छ। धुलो दुध, चिनी, मकैको तेल र १६ प्रकारका भिटामीनका साथै सुक्ष्म पोषकतत्वहरु सहितको ठोस पदार्थ मिसाईएको छ।

प्रकाशित : 16 May, 2017 10:41 am