हिमस्टार उर्जा कम्पनीको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार स्टोरी

हिमस्टार उर्जा कम्पनीको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कति ?

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार हिमस्टार उर्जा कम्पनी लिमिटेडको शेयर सूचीकृत भएको छ। आज कम्पनीको ३७ लाख ३० हजार कित्ता शेयर सूचीकृत भएको हो।

कम्पनीले सर्वसाधारणमा बिक्री गरेको ११ लाख १९ हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको २६ लाख ११ हजार कित्ता गरी कुल ३७ लाख ३० हजार कित्ता नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीको शेयर आगामी आइतबारदेखि नेप्सेमा कारोबार हुनेछ। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई ९९ रुपैयाँ १७ पैसादेखि २९७ रुपैयाँ ५१ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ।

सोही रेञ्जका आधारमा आगामी आइतबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार हुनेछ। नेप्सेले कम्पनीलाई एचआईएमएसटीएआर स्टक टिकर प्रदान गरेको छ।

प्रकाशित : १२ भदौ २०८२, बिहिबार १३:५८ 28 August, 2025 1:58 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।