काठमाडौं। स्थानिय बजारमा आजपनि सुनको मूल्य बढेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो। गत साउन २३ गते पनि सुनको मूल्य प्रतितोला १ लाख ९९ हजार ४ सय नै पुगेको थियो ।
अघिल्लो दिन भने सुनको कारोबार प्रतितोला १ लाख ९९ हजार रुपैयाँमा भएको थियो । उक्त दिन पनि सुनको मूल्य ३ सय रुपैयाँले बढेको थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज १० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३५५ रुपैयाँ कायम भएको छ ।





Comment