काठमाडौं । पिपुल्स पावर कम्पनी लिमिटेडको लक इन समयावधि सकिने भएको छ। कम्पनीको ३९ लाख ७ हजार ९४८ कित्ता बढी सेयरको लक इन अवधि आजदेखि सकिने भएकाे हो ।
कम्पनीको संस्थापक सेयर, स्थानिय क्षेत्रका बासिन्दाका लागि जारी गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि समाप्त हुन लागेको कम्पनीले जनाएको छ।
कम्पनीको ३२ लाख २६ हजार कित्ता संस्थापक सेयर, स्थानिय क्षेत्रका बासिान्दाका लागि जारी गरीएको ६ लाख ३२ हजार ६ सय कित्ता र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँड गरिएको ४९ हजार ३४८ कित्ता गरी कुल ३९ लाख ७ हजार ९४८ कित्ता सेयरको लक इन अवधि सकिन लागेको हो ।
कम्पनीले २०७९ साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म सर्वसाधारणका लाई आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरी २०७९ भदौ १२ गते बाँडफाँड गरिएको थियो। कम्पनीको संस्थापक सेयरधनीहरुको हकमा प्रचलित कानूनबमोजि खरिदबिक्री हु्ने र संस्थापक सेयर सदस्य मध्ये सञ्चालक सदस्यमा रहेका कर्मचारीहरुले भने खरिदबिक्री गर्न नपाइने कम्पनीले जनाएको छ ।





Comment