नेको इन्स्योरेन्सको १७ लाख ६० हजार कित्ता बोनस सेयर सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेको इन्स्योरेन्सको १७ लाख ६० हजार कित्ता बोनस सेयर सूचीकृत



काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीले मंगलबार ७ प्रतिशत बापतको बोनस सेयर सूचीकरण गरेको हो । कम्पनीको १७ लाख ६० हजार ८१५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।

प्रकाशित : 27 August, 2025 9:57 am