राष्ट्रिय वाणिज्य बैँकको कर्जामा चाडपर्व लक्षित अफर सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्रिय वाणिज्य बैँकको कर्जामा चाडपर्व लक्षित अफर सार्वजनिक



काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैँकले चाडपर्व लक्षित गरेर विभिन्न कर्जामा अफर सार्वजनिक गरेको छ । बैँकका सूचना अधिकारी पवन रेग्मीले जारी गरेको विज्ञप्तिमा घर कर्जा २० वर्ष अवधिका लागि ६ दशमलव ३० प्रतिशतमा ५ करोड सम्म प्रदान गर्न सकिने उल्लेख छ ।

यसैगरी विद्युतिय सवारी साधान खरिद गर्न चाहने ग्राहकहरुका लागि ७ वर्ष अवधिको ६ दशमलव १० प्रतिशत व्याजदरमा १ करोडसम्मको कर्जा उपलब्ध गराउने बैँकले जनाएको छ । बैँकले इन्धन प्रयोग हुने सवारी साधन खरिद गर्न चाहने ग्राहकका लागि ६ दशमलव ८० प्रतिशत व्याजदरमा ७ वर्षसम्मका लागि १ करोडसम्म कर्जा प्रवाह गर्न सकिने विज्ञप्तिमा उल्लेख गरेको छ ।

चाडपर्वको समयमा सवारी साधन तथा घर खरिद गर्नेहरुको संख्या अधिक रहने भएका कारण सेवाग्राहीहरुलाई सहज होस भन्ने उद्धेश्यका साथ चाडपर्व विशेष कर्जा अफर ल्याएको सूचना अधिकारी रेग्मीले बताए।

प्रकाशित : 25 August, 2025 11:58 am