काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेप्से परिसूचक १७.०२ अंकले घटेर २७३९.९५ विन्दुमा पुगेको छ।
त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ३.०६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१८ अंक घटेको छ। आज ४१ कम्पनीको शेयर मूल्य बढेको छ भने २०८ कम्पनीको शेयर मूल्य घटेको छ।
आइतबार ३२३ कम्पनीका १ करोड ४० लाख ९ हजार कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ६ अर्ब ५४ करोडभन्दा माथि पुगेको छ। आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । जसको कुल कारोबार रकम १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ। नेपाल पुनर्बिमा कम्पनीको शेयर कारोबार २४ करोड ४७ लाख रुपैयाँ रहेको छ भने हिमालयन रिइन्स्योरेन्सको कारोबार २३ करोड ३५ लाख रुपैयाँ भएको छ।
विकास हाइड्रोपावरको शेयर आज सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबारमा आएको नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य आज सर्वाधिक घटेको छ।





Comment