काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) को बोर्ड सदस्यका रुपमा आनन्द राज शर्मा वाग्ले मनोनयन भएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका उपाध्यक्ष सिए वाग्लेलाई बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले शुक्रबार स्वागत तथा शपथ ग्रहण गराएका छन्।
उक्त अवसरमा नवनियुक्त बोर्ड सदस्य सिए। आनन्द राज शर्मा वाग्लेलाई अन्य बोर्ड सदस्यहरू तथा बोर्डका उच्च पदस्थ कर्मचारीहरुले समेत स्वागत तथा शुभकामना व्यक्त गरे।
धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ३९२०(ङ) मा नेपाल धितोपत्र बोर्डको सदस्यमा नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्थाका प्रतिनिधि रहने व्यवस्था रहे बमोजिम संस्थाबाट सिए। आनन्द राज शर्मा वाग्लेलाई बोर्ड सदस्यका रूपमा मनोनयन गरिएको थियो ।





Comment