राष्ट्र बैंकद्वारा बैंकको मुद्दती निक्षेपमा २ अर्ब ७७ करोड लगानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
१२ मंसिर २०८३, शनिबारSaturday, November 28, 2026

अर्थबजार स्टोरी

राष्ट्र बैंकद्वारा बैंकको मुद्दती निक्षेपमा २ अर्ब ७७ करोड लगानी

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दती निक्षेपमा २ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ बढी लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले विभिन्न कोषमा रहेको सो रकम बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो।

यसका लागि भदौ ८ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ।

कुल रकम मध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा २ अर्ब २२ करोड १४ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ४१ करोड ६५ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा १३ करोड ८८ लाख रुपैयाँ मुद्दती निक्षेपका रुपमा लगानी गर्नेछ।

यो लगानी सन् २०२५ सेप्टेम्बर ११ देखि २०२६ सेप्टेम्बर ११ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।

प्रकाशित : ५ भदौ २०८२, बिहिबार १७:३२ 21 August, 2025 5:32 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।