काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदी आयातमा भुक्तानीको सीमा बढाएको छ । राष्ट्र बैंकको विदेशी बिनिमय व्यवस्थापन विभागले विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त निकायलाई जारी गरिएको एकिकृत परिपत्र–२०८१ संशोधन गर्दै चाँदी आयातमा भुक्तानीको सीमा बढाएको हो ।
अब त्यस्ता निकायले सुनचाँदीको व्यवसाय गर्ने उद्योगले चाँदीको गरगहना, कलात्मक वस्तु, भाँडाकुँडालगायत बनाउन औद्योगिक कच्चा पदार्थका रुपमा आफ्नै प्रयोजनका लागि चाँदी आयात गर्दा प्रतिपटक अमेरिकी डलर ५ लाख वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सक्नेछन्। यसअघि यस्तो सटही सुविधा ३ लाख डलरसम्मको थियो।





Comment