दरमखोला हाइड्रोपावरको आइपीओ बाँडफाँट, कतिले पाए सेयर ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

दरमखोला हाइड्रोपावरको आइपीओ बाँडफाँट, कतिले पाए सेयर ?



काठमाडौं । दरमखोला हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा हाईड्रोपावरको आइपीओ बाँडफाँट भएको हो।

गोलाप्रथाद्वारा बाँडफाँट गरिएको आइपीओमा आवेदन गर्ने दुई लाख ४२ हजार ३१८ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् भने ती मध्येमा भाग्यमानी ५ जनाले थप एक कित्ताका दरले ११ कित्ता सेयर प्राप्त गरेका हुन।

कम्पनीको आइपीओमा २२ लाख ९६ हजार ४६५ वटा आवेदन परेको थियो । जस मध्येमा २२ लाख ८३ हजार २२६ आवेदन सदर भएको हो । १३ हजार २३९ जनाको आवेदन बदर भएको छ ।

कम्पनीले गत साउन १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका २४ लाख २३ हजार १८५ कित्ता सेयर निष्काशन गरेको गरेको थियो । आइपीओको नतिजा भने सिडिएस एण्ड क्लियरिङ् लिमिटेडको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

प्रकाशित : 14 August, 2025 11:29 am