आज गाईजात्रा मनाइदै , बागमती प्रदेशभर सार्वजनिक बिदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

आज गाईजात्रा मनाइदै , बागमती प्रदेशभर सार्वजनिक बिदा



काठमाडौं । बागमती प्रदेश सरकारले आज साउन २५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले आज आइतबार गाईजात्रा पर्वका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार उक्त निर्णय प्रदेश मन्त्रिपरिषद्को बैठकबाट पारित भई प्रदेश राजपत्रमा प्रकाशित गरिएको छ ।

आज बागमती प्रदेशभित्रका सार्वजनिक कार्यालय, शैक्षिक संस्था र निजी संघसंस्थाहरू बन्द रहनेछन् ।

गाईजात्रा काठमाडौं उपत्यकासहित बागमती प्रदेशका विभिन्न क्षेत्रमा नेवार समुदायले विशेष रूपमा मनाउने प्रमुख सांस्कृतिक पर्व हो। पितृ सम्झनाको प्रतीकस्वरूप मनाइने यस पर्वमा गाईको स्वरूपमा टोलटोल घुम्ने परम्परा रहेको छ ।

प्रकाशित : 10 August, 2025 8:14 am