काठमाडौं २९ वैशाख । अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले एफपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले एफपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीले ३१ लाख ७५ हजार ८८३ कित्ता एफपिओ जारी गर्न लागेको हो ।
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद मुनाफा ३ करोड ४४ लाख रुपैयाँ कमाउन सफल भएको छ । ८४ करोड ८१ लाख रुपैयाँ चुक्ता पुँजी भएको अरुण भ्याली हाइड्रोपावर कम्पनीको प्रति शेयर आम्दानी ५ दशमलव ४२ रुपैयाँ, मुल्य आम्दनीको अनुपात ५३ गुणा, प्रति शेयर नेटवर्थ १ सय ४ दशमलव ४० रुपैयाँ र तरलता अनुपात ३ दशमलव ८९ प्रतिशत रहेको छ ।
Comment