साधारण सेयर बाँडफाँड तोकिएको समयमा नगर्ने कम्पनीलाई धितोपत्र बोर्डले गरायो सचेत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

साधारण सेयर बाँडफाँड तोकिएको समयमा नगर्ने कम्पनीलाई धितोपत्र बोर्डले गरायो सचेत



 काठमाडौं २९ बैशाख ।नेपाल धितोपत्र बोर्डले तोकिएको समयमा साधारण सेयर आबेदन रुजू र बाँडफाँड नगर्ने कम्पनीलाई आगामी दिनमा कडा कारबाही हुने चेतावनी दिएको छ ।

स्टाण्डर्ड चार्टर्ड बैंकको थप नयाँ साधारण सेयर अर्थात एफपीओ बाँडफाँड सक्न दिएको समयावधि भित्र नभएपछि बोर्डले त्यसको बिक्री प्रबन्धक एनएमबी क्यापिटललाई सचेत गराएर आउने दिनमा यस्तै गल्ति दोहोर्याए कारबाही हुने चेतावनी दिएको हो ।

 धितोपत्र बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेका अनुसार  ‘पुर्ण तयारी नगरी अन्तिम समयमा समस्या देखाएर लापर्वाही गरेको देखिएकाले आगामी दिनमा यस्ता गल्ती नदोहोर्याउन एनएमबी क्यापिटललाई सचेत गराइएको छ ।’

उनका अनुसार कुनै पनि मर्चेण्ट बैंकले समयमा नै सेयर बाँडफाँड नगरेको खण्डमा कार्वाहीको सामना गर्नु पर्नेछ ।

बैशाख २२ गते शुक्रबार बैंकको एफपीओ बाँडफाँड गर्न धितोपत्र बोर्डले एनएमबी क्यापिटललाई निर्देशन दिएको थियो । आस्बा सदस्य तथा साधारण आवेदनको तथ्यांक रिकन्सिलेशनमा समस्या भएको भन्दै क्यापिटलले बैशाख २४ गते मात्र सेयर बाँडफाँड गरेको थियो ।

प्रकाशित : २९ बैशाख २०७४, शुक्रबार ०६:०५