काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले “हुन्डाई अचम्मको अगष्ट” योजना सुरु गरेको छ। यो योजना साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको नाइमा मोबिलिटी एक्स्पो २०८२ को अवसरमा सञ्चालन हुँदैछ। हुन्डाईको स्टल नम्बर एल ४ रहेको छ।
यस योजनाअन्तर्गत ग्राहकहरूले हुन्डाईका गाडी खरिद गर्दा रु ८ लाखसम्मको नगद छुट पाउनेछन्। साथै, एक वर्षको निःशुल्क बीमा र अन्य विशेष छुटहरू पनि उपलब्ध हुनेछन्। सबै हुन्डाई गाडीमा तीन वर्षको वारेन्टी पनि प्रदान गरिनेछ, जसले ग्राहकलाई विश्वासिलो सेवा र सुरक्षा सुनिश्चित गर्नेछ।
“हुन्डाई अचम्मको अगष्ट” योजनाको बम्पर पुरस्कार स्वरूप दुई जोडीलाई भियतनाम भ्रमणको मौका दिइनेछ। विजेता जोडीलाई तीन रात चार दिनसम्मको सम्पूर्ण खर्च कम्पनीले बेहोर्नेछ। नाइमा एक्स्पो अवधिभर हुन्डाई गाडी खरिद गर्ने सबै ग्राहकहरू स्वचालित रूपमा लक्की ड्रमा सहभागी हुनेछन्। साथै, स्टल एल ४ मा गाडी बुक गर्ने ग्राहकहरूलाई दैनिक विशेष उपहारहरू पाउने अवसर पनि रहनेछ। दैनिक उपहारहरूमा बोस वासिङ मेसिन लगायतका आकर्षक सामग्रीहरू समावेश गरिएको छ।
हुन्डाईले ग्राण्ड आई १० नियोस, भेन्यू, क्रेटा इलेक्ट्रिक, क्रेटा आइस र आयोनिक ५ जस्ता अत्याधुनिक मोडलहरूसहित नेपाली बजारमा डिजाइन र प्रविधिमा अग्रसरता देखाउँदै आएको छ। यस अभियानले ग्राहकहरूलाई नगद छुट र विशेष अफर मात्र नभई यात्रा तथा उत्साहको अवसर पनि प्रदान गर्ने उद्देश्य राख्दछ।
हुन्डाई नेपालले सम्पूर्ण ग्राहक तथा गाडी किन्न इच्छुक ग्रहकहरूलाई नाइमा मोबिलिटी एक्स्पो २०८२ मा स्टल नम्बर एल ४ मा पुगेर हुन्डाई गाडीहरू प्रत्यक्ष अनुभव गर्न आग्रह गरेको छ।





Comment