नाइमा अफर : केई एक्स३ प्रो ईभीमा ९ लाख छुट र अन्य सुविधा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

नाइमा अफर : केई एक्स३ प्रो ईभीमा ९ लाख छुट र अन्य सुविधा



काठमाडौं – केई ईभीको नेपालका लागि आधिकारिक वितरक जीओ अटोमोबाइल्स र लक्ष्मी ई–मोबिलिटीले केई एक्स३ प्रो ईभीको फ्ल्यागसिप टप भेरिएन्टका लागि ‘केई बबाल अफर’ सार्वजनिक गरेका छन् ।

सो विशेष अफर अन्तर्गत सीमित समयका लागि भारी छुट र आकर्षक फाइदा उपलब्ध हुनेछ । यस अनुसार सो गाडी अब ३९ लाख ९६ हजार रुपैयाँमा उपलब्ध हुनेछ । यसको वास्तविक मूल्य भने ४८ लाख ९६ हजार रुपैयाँ हो । यस अनुसार यो गाडीमा एकै पटक ९ लाख रुपैयाँ छुट उपलब्ध हुनेछ ।

यसका साथमा ग्राहकले ७.३ किलोवाटको चार्जर पाउनुका साथै ८ वर्षको वारेन्टी, ६ वर्षको सर्भिसिङ र स्पेयर टयर पाउने छन् ।

यो अफर नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ अवधिका लागि मात्र उपलब्ध हुनेछ । काठमाडौंको भृकुटीमण्डपमा साउन २१ देखि सुरु हुने सो एक्सपोको स्टल ए२, हल एमा सो गाडी प्रदर्शित हुनेछ ।

केई एक्स३ प्रो ईभी भ्याल्यु फर मनीका लागि बेस्ट इन सेगमेन्ट एसयूभी मानिन्छ । यसमा १२० र ९९ किलोवाट मोटर छ । १८३ एमएम ग्राउन्ड क्लियरेन्स भएको सो ईभी एसयूभी स्लिक हुनुका साथै एड्भान्स्ड फिचरका साथ प्रिमियम डिजाइनमा उपलब्ध छ ।

लक्जरी र स्पेसियर इन्टेरियर, सुपेरियर ड्राइभिङ कम्फर्ट लगायतका विभिन्न फिचर यसमा रहेका छन् ।

प्रकाशित : 5 August, 2025 2:51 pm