पोखरा । बहुविवाहलाई मान्यता दिने प्रस्तावित कानुनको मस्यौदा खारेजीका साथै महिला तथा बालबालिका सम्बन्धित प्रस्तावित मस्यौदाहरुको परिमार्जन सम्बन्धमा सरकारलाई ध्यानाकर्षण गराएका छन् ।
सोमबार नेपाल सरकारद्धारा मुलुकी अपराध सहिताको धारा १७५ संशोधन गरी केही निश्चित परिस्थितिमा बहुविवाहलाई कानुनी वैधता दिने प्रस्तावित कानुनप्रति खेद प्रकट गर्दै महिला अधिकारको क्षेत्रमा क्रियाशील ४१ नागरिक समाजहरुले कानुन मन्त्रीलाई ज्ञापन पत्र बुझाँउदै चार बुँदे मागसहित ध्यानाकर्षण बुझाएका हुन् ।





Comment