शुभ लक्ष्मी कोषको १६ प्रतिशत लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

शुभ लक्ष्मी कोषको १६ प्रतिशत लाभांश घोषणा



काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित शुभ लक्ष्मी कोषले आर्थिक वर्ष २०८१/८२ का लागि इकाईधनीहरूलाई १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

साउन १२ गते बसेको कोषको योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटलको सञ्चालक समितिको बैठकले करसहित १६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

सोही बैठकले साउन १३ गतेलाई बुकक्लोज मिति तोकेको छ। यसअनुसार साउन १२ गतेसम्म नाम दर्ता गराएका इकाईधनीहरूले उक्त प्रतिफल प्राप्त गर्नेछन्।

शुभ लक्ष्मी कोष एक खुलामुखी योजना भएकोले इकाईधनीहरूले वितरणपश्चात लाभांश बराबरको रकम पुनः लगानी गर्न सक्नेछन्। यस प्रणालीअनुसार लाभांशबाट प्राप्त हुने रकमले समायोजित मूल्यअनुसार थप इकाई खरिद गर्न सकिनेछ।

यस सुविधाको लाभ लिन चाहने इकाईधनीहरूले साउन १६ गतेभित्र आफ्नो नाम दर्ता गराउन लक्ष्मी सनराइज क्यापिटलले अनुरोध गरेको छ।

प्रकाशित : 29 July, 2025 11:36 am