काठमाडौं, २७ वैशाख । सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा २६ करोड ५ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोहि अवधिमा ६ करोड २४ लाख रुपैयाँ नोक्सान रहेको थियो । १ अर्ब ५ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको सानिमा हाइड्रोपावरले ७० लाख रुपैयाँ लगानी गरेको छ । कम्पनीको जम्मा आम्दानी १४३ दशमलव ५१ प्रतिशतले बढेर ६३ करोड ८२ लाख रुपैयाँ पुगेको छ भने खर्च १६ प्रतिशतले बढेर २६ करोड ५ लाख रुपैयाँ रहेको छ ।
प्रतिशेयर आम्दानी २४ दशमलव ६७ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १ सय २५ दशमलव ५३ रुपैयाँ रहेको छ । कम्पनीको बजार शेयर मुल्य १ हजार ६९ रुपैयाँ रहेको छ ।
Comment