ग्रिन डेभलपमेन्ट बैंकको नाफामा सुधार, कस्ता छन् अन्य सुचक ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ग्रिन डेभलपमेन्ट बैंकको नाफामा सुधार, कस्ता छन् अन्य सुचक ?



काठमाडौं। ग्रिन डेभलपमेन्ट बैंकको खुद ब्याज आम्दानी बढेसँगै नाफा पनि बढेको छ । बैंकले जारी गरेको गत आवको चौथो त्रैमासको अपिरष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद मुनाफा ७९.५३ प्रतिशतले बढेको हो ।

समिक्षा अवधिसम्म बैंकले ६ करोड ९४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने बैंकले ३ करोड ८६ लाख रुपैयाँबराबरको ख्द नाफा आर्जन गरेको थियो ।

यस्तै बैंकको खुद ब्याज आम्दानी १७.७३ प्रतिशतले बढेर २० करोड २० लाख रुपैयाँ पुगेको छ ।

बैंकको वितरणयोग्य मुनाफा ६ लाख ७ हजार रुपैयाँ रहेको छ भने वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी १०.६७ प्रतिशत छ । बैंकको रिटेन्ड अर्निङ ३ करोड ७९ लाख रुपैयाँबाट बढेर ६ करोड ७ लाख रुपैयाँ पुगेको छ । रिजर्भको आकार पनि ५ करोड १६ लाखबाट बढेर ६ करोड ५१ लाख पुगेको छ ।

६ अर्ब ३७ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको बैंकले ४ अर्ब ७३ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।

चौथो त्रैमाससम्म बैंकको इम्पेयरमेन्ट चार्ज घटेको छ । अघिल्लो आवसम्म २ करोड ८९ लाख रुपैयाँ रहेको बैंकको इम्पेयरमेन्ट चार्ज घटेर ६८लाख ३६ हजार रुपैयाँमा सीमित भएको छ । यस्तै बैंकको खराब कर्जा अनुपात ३.३३ प्रतिशत कायम भएको छ ।

बैंकको प्रतिसेयर आम्दानी १२.१८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२२.११ रुपैयाँ, तरलता अनुपात ३३.३३ प्रतिशत र मूल्य आम्दानी अनुपात १२२.०७ गुणा कायम भएको छ ।

प्रकाशित : 27 July, 2025 3:00 pm