नेपाल धितोपत्र बोर्डद्वार शिवश्री हाइड्रोपावर लिमिटेडलाई हकप्रद शेयर निष्कासनको अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेपाल धितोपत्र बोर्डद्वार शिवश्री हाइड्रोपावर लिमिटेडलाई हकप्रद शेयर निष्कासनको अनुमति



काठमाडौं । शिवश्री हाइड्रोपावर लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्कासनको अनुमति पाएको छ । कम्पनीले साउन ४ गते, आइतबार बोर्डबाट अनुमति प्राप्त गरेको हो । सिन्धुपाल्चोक जिल्लाको चाकु खोलामा निर्मित यो हाईडोपावरले नियमित बिद्युत उत्पादन गरिरहेको छ।

शिवश्री हाइड्रोपावरले हालको चुक्ता पूँजी एक अर्ब ४७ करोड ६४ लाख रुपैयाँ बराबरको १०० प्रतिशत हकप्रद शेयर ( १.१ अनुपातमा ) निष्कासन गर्ने स्वीकृति पाएको छ । यसको अर्थ, शेयरधनीले एक कित्ता बराबर थप एक कित्ता हकप्रद शेयर खरिद गर्न सक्नेछन्। सिटिजन्स क्यापिटल यस हकप्रद निष्कासनको बिक्री प्रबन्धकको रूपमा रहेको छ।

शिवश्री हाइड्रोपावर लिमिटेड कम्पनी ऐन २०६३ अन्तर्गत नेपालमा दर्ता भएको र निगमित सीमित कम्पनी हो । २७ मंसिर २०७३ मा पब्लिक लिमिटेडमा रूपान्तरण भएको थियो।

कम्पनीले २२.२ मेगावाट जडित क्षमताको परियोजना निर्माणको लागि माथिल्लो चाकु ‘ए’ जलविद्युत परियोजनाको लागि उत्पादन इजाजतपत्र प्राप्त गरेको थियो । २२ भदौ २०६७ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता गरेको थियो।

प्रकाशित : 22 July, 2025 11:46 am