काठमाडौं । सेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाललाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ। काठमाण्डौको टोखास्थित उनको कार्यालयबाट उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।
पछिल्लो समय अग्रवालको एक ब्रोकर कम्पनीसँग कारोबारसम्बन्धी विवाद चुलिँदै आएको थियो। सोही विवादका आधारमा ब्रोकर कम्पनीले दिएको उजुरीअनुसार अग्रवाललाई धोकापूर्ण कारोबारको कसुरमा पक्राउ गरिएको प्रहरी स्रोतको दाबी छ।
प्रहरीले हाल घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। अग्रवालको तर्फबाट भने अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।





Comment