आईएमई लाइफ इन्स्योरेन्सलाई नेसनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड- २०२४’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

आईएमई लाइफ इन्स्योरेन्सलाई नेसनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड- २०२४’



काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइसिएएन)द्वारा आयोजित ‘नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड- २०२४’ अन्तर्गत मेरिट अवार्ड प्राप्त गर्न सफल भएको छ ।

होटल र्याडिसन काठमाडौंमा आयोजित पुरस्कार वितरण समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्का र वित्त विभाग प्रमुख जगतबहादुर बोहराले संयुक्त रूपमा अवार्ड ग्रहण गरे ।

जीवन बीमा क्षेत्रका केवल दुई कम्पनीहरूलाई अहिलेसम्म प्रदान गरिएको उक्त प्रतिष्ठित अवार्ड प्राप्त गर्ने आईएमई लाइफ दोस्रो कम्पनी बनेको छ ।

कम्पनीले पारदर्शिता, जवाफदेहीपन तथा संस्थागत सुशासनमा आधारित व्यवस्थापन अभ्यासलाई निरन्तरता दिँदै आएको छ। साथै, वित्तीय अनुशासन, सहभागितामूलक कार्यसंस्कृति र प्रभावकारी सूचना सम्प्रेषणमा विशेष प्राथमिकता दिएको कम्पनीको प्रतिबद्धतालाई यस अवार्डले मान्यता दिएको हो ।

यस उपलब्धिमा योगदान पुर्‍याउने नियामक निकाय, बीमित वर्ग तथा समस्त कर्मचारीहरूलाई कम्पनीले आभार व्यक्त गर्दै, यो सम्मानले आईएमई लाइफलाई अझ जिम्मेवार र प्रभावकारी जीवन बीमा सेवा प्रदायकका रूपमा अघि बढ्न थप प्रेरणा दिएको जनाएको छ ।

प्रकाशित : 20 July, 2025 10:20 am