काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार ट्रेड टावर लिमिटेडको शेयर सूचीकृत भएको छ। कम्पनीको कुल ८१ लाख ५६ हजार ९७ कित्ता शेयर सूचीकृत भएको हो।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम कम्पनीले सर्वसाधारणलाई निष्कासन गरी वितरण गरेका ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर तथा संस्थापक समूहको ४२ लाख ८४ हजार ४०४ कित्ता शेयर सूचीकृत गरिएको हो।
नेप्सेका अनुसार यो शेयर भोलि असार ३२ गते (बुधबार) स्पेशल प्रि-ओपन सेसनमा कारोबार सुरु हुनेछ । त्यसपछि नियमित दोस्रो बजारमा कारोबार हुनेछ। पहिलो कारोबारका लागि नेप्सेले टीटीएलका शेयरको ओपनिङ्ग रेञ्ज न्यूनतम १२३ रुपैयाँ ९ पैसा देखि अधिकतम ३६९ रुपैयाँ २७ पैसासम्म निर्धारण गरेको छ। कम्पनीको शेयर टीटीएल टिकर अन्तर्गत कारोबार हुनेछ।





Comment