काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आइतबार नेप्से परिसूचक २९ अंक बढेर २७६०.८० विन्दुमा बन्द भएको छ। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ९.१६ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.५६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.२३ अंक बढेको छ।
आज १५८ कम्पनीको शेयर मूल्य बढेको छ भने ९० कम्पनीको शेयर मूल्य घटेको छ । आज ३११ कम्पनीको तीन करोड २५ लाख ९२ हजार कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ४१ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३७ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ३२ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने एनआरएनको २८ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आन एनआईसी एशिया बैंक र खानीखोला हाइड्रोपावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, जीवन विकास लघुवित्तको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ। कारोबारमा आएको हिमालयन हाइड्रोपावरको शेयरमूल्य आज सर्वाधिक घटेको छ।





Comment