नाला–भक्तपुर सडकखण्ड सञ्चालन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

नाला–भक्तपुर सडकखण्ड सञ्चालन



काठमाडौं । अवरुद्ध नाला–भक्तपुर सडकखण्डमा आज देखि यातायात सञ्चालनमा ल्याइएको छ । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ४ र १ को सीमास्थलमा रहेको पुल शुक्रबार राति भाँचिदा सडकमा यातायात अवरुद्ध भएको थियो ।

भाँचिएको पुल अस्थायी रूपमा सञ्चालनमा ल्याइ आइतबार बिहानदेखि यातायात सञ्चालन भएको हो । शनिबार राति छवटा ठुल्ठूला ह्युमपाइप राखेर अस्थायी रूपमा पुल निर्माण गरेपछि आइतबार बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको हो।

मालवाहक गाडी पुल पार गरेलगत्तै ४५ वर्षअघि निर्मित उक्त पुल भाँचिएको थियो ।

प्रकाशित : 6 July, 2025 11:55 am