सवारीचालक अनुमतिपत्रसम्बन्धी सबै सेवा अनिश्चितकालका लागि बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

सवारीचालक अनुमतिपत्रसम्बन्धी सबै सेवा अनिश्चितकालका लागि बन्द



काठमाडौं । सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) सम्बन्धी सबै सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै सवारीचालक अनुमतिपत्र प्रणालीमा समस्या देखिएकाले सेवा बन्द गर्नुपरेको जानकारी गराएको हो।

विभागद्वारा जारी सूचनामा भनिएको छ, ‘आज असार २० गतेदेखि सवारीचालक अनुमतिपत्र प्रणालीमा समस्या देखिएको छ, समस्या समाधानको काम भइरहेको छ।’ सूचनामा अर्को जानकारी नआएसम्म ई-डीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणाली सबै सेवा बन्द रहने स्पष्ट गरिएको छ।

यस निर्णयसँगै देशभरका सेवा केन्द्रहरूबाट जारी हुँदै आएका नयाँ तथा नवीकरणका ड्राइभिङ लाइसेन्स, ट्रायल परीक्षण, स्मार्ट कार्ड प्रिन्टिङ लगायतका सम्पूर्ण कार्य तत्कालका लागि रोकिएका छन्।

प्रकाशित : 4 July, 2025 2:32 pm