वेष्ट फाइनान्समा ६ जना सञ्चालक निर्विरोध निर्वाचित, अध्यक्षमा गौतम चयन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

वेष्ट फाइनान्समा ६ जना सञ्चालक निर्विरोध निर्वाचित, अध्यक्षमा गौतम चयन



काठमाडौं। वेष्ट फाइनान्स कम्पनी लिमिटेडमा ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन्। असार १८ गते सम्पन्न कम्पनीको २८ औं वार्षिक साधारण सभाबाट ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् ।

यसरी निर्विरोध निर्वाचित हुनेमा संस्थापक समूहबाट प्रा।डा रामजी गौतम, रामचन्द्र देवकोटा र सुशिला खनाल रहेका छन् । यस्तै सर्वसाधारण समूहबाट खिमलाल पौड्याल, रामलाला श्रेष्ठ र विष्णु प्रसाद ज्ञवाली रहेका छन् ।

यस्तै असार १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सञ्चालकहरुमध्येबाट प्रा।डा रामजी गौतमलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गर्ने निर्णय गरेको छ ।

प्रकाशित : 3 July, 2025 12:16 pm