स्वास्थ्य बीमा बोर्डको निर्णय : अब पहिलो उपचार सरकारी अस्पतालमै गर्नुपर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

स्वास्थ्य बीमा बोर्डको निर्णय : अब पहिलो उपचार सरकारी अस्पतालमै गर्नुपर्ने



काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आगामी साउन १ गतेदेखि निजी अस्पतालहरूलाई पहिलो बिन्दु उपचार केन्द्रबाट हटाउने निर्णय गरेको छ। बोर्डले हालै एक सूचना जारी गर्दै यो व्यवस्था पूर्ण रूपमा लागू गरिने जनाएको हो।

स्वास्थ्य बीमा ऐन, २०७४ (दोस्रो संशोधन) को दफा ९ को उपदफा (६) तथा नियमावली, २०७५ को (प्रथम संशोधन) को नियम २ को खण्ड (छ) ले प्रथम सेवा बिन्दुमा सरकारी अस्पताल मात्रै रहेने व्यवस्था गरेको छ। यसकै आधारमा बोर्डले निजी अस्पतालहरूलाई उक्त सूचीबाट हटाउने तयारी गरेको हो।

नयाँ व्यवस्थाअनुसार, बीमितले अब उपचारको सुरुआत अनिवार्य रूपमा सरकारी अस्पतालबाट गर्नुपर्नेछ। त्यसपछि मात्र आवश्यक परेमा उच्चस्तरीय उपचारका लागि अन्य अस्पतालमा सिफारिस गर्न सकिनेछ।

स्वास्थ्य बीमा बोर्डका अनुसार, यो निर्णयले सार्वजनिक स्वास्थ्य सेवामा पहुँच वृद्धि हुने र सरकारी अस्पतालहरूको क्षमता उपयोगमा योगदान पुग्ने अपेक्षा गरिएको छ। यद्यपि, निजी अस्पतालमा पहिलो उपचारको पहुँच घट्ने भएकाले यसले प्रारम्भिक चरणमा केही बीमितलाई असहज हुने अनुमान पनि गरिएको छ।

प्रकाशित : 30 June, 2025 12:28 pm