नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कुमार भण्डारी नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कुमार भण्डारी नियुक्त



काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले सन्तोष कुमार भण्डारीलाई प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत ९सीईओ० पदमा नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको ७१औँ बैठकले २०८२ साल असार १३ गतेदेखि लागू हुने गरी उक्त निर्णय गरेको हो।

भण्डारीले यसअघि नेपाल एसबिआई बैंक लिमिटेडमा सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख, वित्त तथा योजना विभाग प्रमुख तथा लेखा परीक्षण विभागमा कार्यरत रहँदै महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन। बैंकिङ्ग तथा वित्तीय क्षेत्रमा १६ वर्षभन्दा बढीको अनुभव बटुलेका भण्डारी स्रोत तथा साधनको प्रभावकारी परिचालन र व्यवस्थापनमा कुशल मानिन्छन्।

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो।

रु २० करोड चुक्ता पूँजी रहेको यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्राप्त इजाजतअनुसार निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूतिकर्ता, शेयर रजिष्ट्रार, लगानी व्यवस्थापक र संस्थागत परामर्शदाता जस्ता मर्चेण्ट बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ।

प्रकाशित : 27 June, 2025 7:07 pm