डोङफेङ नामीद्वारा नेपालभरका लागि ‘फाइभ स्टार अफर’को घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

डोङफेङ नामीद्वारा नेपालभरका लागि ‘फाइभ स्टार अफर’को घोषणा



काठमाडौं । नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धि‍ले “नामी फाइभ स्टार अफर” सार्वजनिक गरेको छ । यो विशेष र सीमित अवधिको अफर नेपालभरका सबै नामी शोरूमहरूमा उपलब्ध हुनेछ। यस अफरमार्फत ग्राहकहरूले नयाँ विद्युतीय सवारी किन्दा वा पुरानो सवारी अपग्रेड गर्दा अतिरिक्त लाभहरू पाउने कम्पनीले जनाएको छ, जसले उनीहरूको खरिद अनुभवलाई झनै मूल्यवान र लाभदायक बनाउनेछ ।

नामी फाइभ स्टार अफरले ग्राहकहरूलाई आकर्षित गर्ने पाँचवटा विशेष सुविधाहरू प्रदान गर्दछ। यस योजना अन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुट ७ किलोवाट प्लस ३.५ किलोवाट चार्जर, अटो प्लस बीमा, चालु आर्थिक वर्षका लागि निःशुल्क सडक कर र निःशुल्क एक्सेसरिजहरू प्राप्त गर्नेछन् ।

बेस्ट-इन-क्लास फिचरहरू, इम्प्रेसिभ ड्राइभिङ रेञ्ज र स्मार्ट मूल्यका कारण नामी धेरै ग्राहकहरूको पहिलो रोजाइ बन्न सफल भएको कम्पनीको दाबी छ । सुपथ मूल्यमा लक्जरी, आधुनिक डिजाइन र प्रविधिको सुन्दर संयोजन पस्कन सक्ने क्षमताले नामीलाई विद्युतीय सवारी चाहनेहरूको नजरमा झनै विश्वसनीय बनाएको छ।

प्रकाशित : 26 June, 2025 3:36 pm