शेयरधनीलाई ८ प्रतिशत नगद लाभांश पारित गर्दै हिमालयन लाइफको साधारणसभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

शेयरधनीलाई ८ प्रतिशत नगद लाभांश पारित गर्दै हिमालयन लाइफको साधारणसभा सम्पन्न



काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १८औं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ। सभाले कम्पनीको संञ्चित मुनाफाबाट चुक्ता पूँजी रु. ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३०६ बराबरको ८ प्रतिशत दरले कुल रु. ७३ करोड १४ लाख ५८ हजार ९८४.४८ (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।

साधारण सभाले आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकद्वारा प्रस्तुत लेखा विवरण, वासलात, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू समेत स्वीकृति दिएको छ। साथै, कम्पनीको सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडको सोही आर्थिक वर्षको वित्तीय विवरण पनि पारित गरिएको छ।

सभाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि एस।सी। लाल एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्टलाई बाह्य लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ। त्यस्तै, कम्पनी ऐन, २०६३ को दफा १०५ को उपधारा (१) (ग) बमोजिम आ.व. २०८०/८१ मा गरिएको खर्च अनुमोदनसम्बन्धी प्रस्ताव र नियामक निकायको निर्देशनअनुसार आवश्यक परेमा प्रस्तावमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि स्वीकृत भएको छ।

सभामा कम्पनीका अध्यक्ष शुलभ अग्रवालले सभाको अध्यक्षता गरेका थिए। सञ्चालक प्रमिला केसीले स्वागत मन्तव्य दिएकी थिइन् भने सञ्चालक सौरभ दुगडले धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार लाल कर्णले शेयरधनीहरूबाट उठाइएका प्रश्नहरूको जवाफ दिएका थिए।

सभामा कम्पनीको वर्तमान आर्थिक प्रगति, लगानी रणनीति, दिगो विकास र शेयरधनी हितमा केन्द्रित आगामी योजनाबारे पनि चर्चा गरिएको थियो। शेयरधनीहरूको सहभागिता उत्साहजनक रहेको सभामा उल्लेख गरियो।

प्रकाशित : 26 June, 2025 9:14 am