बीमा कम्पनीको अध्यक्ष पदमा प्रेमा राज्य लक्ष्मी सिंहले गरिन् शपथ ग्रहण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बीमा कम्पनीको अध्यक्ष पदमा प्रेमा राज्य लक्ष्मी सिंहले गरिन् शपथ ग्रहण



काठमाडौं । प्रेमा राज्य लक्ष्मी सिंहले बीमा ऐन, २०७९ को दफा ४७९६० अनुसार बीमा कम्पनीको अध्यक्ष पदको शपथ ग्रहण गरेकी छन्। नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले एक विशेष कार्यक्रममा उनलाई पद तथा गोपनियताको शपथ गराएका हुन्।

कम्पनीको ३७औं वार्षिक साधारण सभा मिति २०८२ असार ५ गते सम्पन्न भएको थियो। उक्त सभाबाट सञ्चालक समितिको पुनर्गठन गर्दै सिंहलाई सर्वसम्मतिले अध्यक्षमा पुनःनिर्वाचन गरिएको हो।

शपथ ग्रहण समारोहमा बीमा प्राधिकरणका अध्यक्ष ओझाले सिंहलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे। जवाफमा सिंहले बीमा प्राधिकरण र अध्यक्षलाई धन्यवाद ज्ञापन गर्दै, आफू र सम्पूर्ण सञ्चालक समितिको तर्फबाट विश्वास र समर्थनप्रति आभार प्रकट गरिन्।

कार्यक्रममा बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी तथा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको पनि विशेष उपस्थिति रहेको थियो।

प्रकाशित : 25 June, 2025 12:18 pm