काठमाडौं । विश्वप्रसिद्ध ब्रान्ड टोटलएनर्जीका लुब्रिकेन्टहरूको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ल्युब आयल प्रा। लि। ले काठमाण्डौं उपत्यका बाहिर पहिलो पटक निःशुल्क सर्भिस क्याम्प आयोजना गर्न लागेको छ। कम्पनीले दीर्घकालीन सवारी मर्मतसम्भार तथा इन्जिनको स्वास्थ्यका विषयमा सचेतना बढाउनका साथै स्थानीय ग्राहक र मिस्त्री समुदायसँग सम्बन्ध सुदृढ गर्ने उद्देश्यसहित बुटवल र भैरहवामा क्याम्प आयोजना गर्न लागेको हो।
चार-पांग्रे सवारीका लागि सर्भिस क्याम्प
एडभान्स अटो केयर, बुटवलमा असार १२ र १३, २०८२ (जुन २६ र २७, २०२५) सम्म बिहान १०: ०० देखि बेलुका ५: ०० बजेसम्म हुने छ ।
दुई-पांग्रे सवारीका लागि सर्भिस क्याम्प
धर्मेन्द्र मोटरसाइकल स्पेयर पार्ट्स, भैरहवामा असार १९ र २०, २०८२ (जुलाई ३ र ४, २०२५)सम्म बिहान १०: ०० देखि बेलुका ५: ०० बजेसम्म हुनेछ ।
सर्भिस क्याम्पमा सहभागीले आफ्नो सवारी साधनको इन्जिनको निःशुल्क स्वास्थ्य परीक्षण गराउन सक्नेछन्। साथै, टोटलएनर्जीका प्रिमियम गुणस्तरीय लुब्रिकेन्टहरूप्रति जानकारी प्रदान गरिनेछ। इन्जिन मर्मतसम्भार, उचित लुब्रिकेन्ट प्रयोग र बिक्रीपछिको सेवा सम्बन्धी उपयोगी सुझाव पनि दिइनेछ।
कम्पनीका अनुसार, यो अभियानले ग्राहकहरूसँगको सम्बन्ध अझ नजिक बनाउने र नेपालभर टोटलएनर्जीलाई विश्वासिलो लुब्रिकेशन समाधान प्रदायकको रूपमा स्थापित गर्न सहयोग गर्नेछ।
Comment